ताजा समाचार

धुलिखेलमा ‘कर्म’ संवाद


काभ्रे ।पत्रकार दामोदर न्यौपानेको दोस्रो किताब ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ माथि धुलिखेलमा संवाद कार्यक्रम गरियो । जिल्ला बालक्लब सञ्जालद्वारा आयोजित कार्यक्रममा बालबालिका, बालअभियन्ता र बालबालिका क्षेत्रमा कार्यरतहरूको सहभागिता थियो ।
जिल्ला बालक्लब सञजाल, सिन्धुपाल्चोककी पूर्वअध्यक्ष सफलता भण्डारीले पुस्तक बालबालिकाको सवाल प्रभावकारी रूपमा उठाएको बताइन् । ‘हामी बोलेर आवाज उठाउँदै आएका थियौं,’ भण्डारीले भनिन्, ‘न्यौपानेले हामीले बोल्दै आएको विषय लेखेर आवाज उठाउनुभयो । किताब बनेर आयो हाम्रो आवाज । बोलेको भन्दा लेखेको प्रभावकारी हुन्छ ।’
काठमाडौं जिल्ला बालक्लब सञ्जालका अध्यक्ष राजाराम बस्नेतले पुस्तकले बालबालिकालाई आफ्नो आवाज प्रभावकारी रूपमा उठाउन सिकाएको टिप्पणी गरे । ‘हामीले समस्या व्यहोरेका हुन्छौं तर त्यसलाई कसरी भन्ने भनेर थाहा पाएका हुँदैनौं,’ उनले भने, ‘यो पुस्तकले हाम्रो आवाज यसरी उठाउनुपर्ने रहेछ भनेर सिकाउँछ ।’
बालक्लब सञ्जाल, भोजपुरका अध्यक्ष लक्ष्मण चौहानले पुस्तक जिल्लाका सबै ५४ गाविस र २ नगरपालिकामा अनि सबै वडा वडामा पुर्‍याउने बताए । बालक्बल सञ्जाल, काठमाडौंकी सदस्य सोनी भट्टराईले पुस्तक पढेर आफूले ‘अटिजम’ बारे थाहा पाएको प्रतिक्रिया दिइन् । 
जिल्ला बालक्लब सञ्जालका अध्यक्ष रञ्जन पौडेल, सञ्चारकर्मी जीवन पराजुलीले पनि बोलेका थिए । लेखक न्यौपानेले भोलिको लागि असल नागरिक कसरी बनाउने भनेर एउटा अभियानको रूपमा पुस्तकले लेखेको बताए । ‘भोलि कस्तो बनाउने भनेर योजना बनाउन आज बालबालिकाको बीचमा जानुपर्छ । आज बालबालिकाको सिकाइ राम्रो भयो भने मात्रै भोलिका नागरिक असल हुनेहुन्,’ उनले भने ।कान्तिपुर दैनिकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org