घरभित्रै बसेर नायक अनमोल केसीले…
काठमाडौं । युवास्टार अनमोल केसी आफ्नो पाँचाैँ फिल्म ‘कृ’को सुटिङअघि घरबाट बाहिरै ननिस्किने सुरमा छन् । उनी त्यस अवधिमा मिडिया, फिल्मी कार्यक्रम त परै जाओस् आफन्तले पनि आफूलाई नबोलाऊन् भन्ने चाहन्छन् रे ! यो दाबी अनमोलका बाबु भुवनको हो । ‘अनमोल ‘कृ’को सुटिङअघि घरबाहिर निस्किनै चाहँदैन,’ भुवनले भन्ने गरेका छन्, ‘ऊ पूर्ण रूपले क्यारेक्टरमा भिज्न चाहन्छ । त्यसैले बाहिर निस्किन मान्दैन ।’ फागुनबाट सुटिङ सुरु गरिने भनिएको ‘कृ’को प्रदर्शन मिति भने तोकिसकिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने ‘कृ’ आगामी ०७४ को भदौ १६ गते प्रदर्शन गरिने निर्माणपक्षले घोषणा गरेको छ । अनमोल मुख्य भूमिकामा अभिनीत चारवटै फिल्म– ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ हिट भए । निकै ‘रिजर्भ’ बस्ने गरेका अनमोलले ‘साथी म तिम्रो फिल्म’को एउटा गीतमा नृत्य गरेका थिए । तर, सो फिल्म औसतभन्दा माथि भएन । घरको घरमै बस्दा दर्शकले बिर्सिन पनि सक्लान्, यसबारे पुत्रलाई सम्झाउने पो हो कि भुवनजी ?
Comments
अरु समाचार
-
रवि लामिछाने पक्राउ गरेको विरोधमा पोखरा प्रदर्शन
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
प्रहरी हिरासतमा थुनुवाको मृत्यु
काठमाडौं । चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका रत्ननगर...
-
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले...
-
तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि
काठमाडौं । सरकार गठनपछिको तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
रविलाई विहान ३ बजे पोखरा पुर्याइयो, भोलि अदालतमा उपस्थित गराइने
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार...
-
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
देउखुरी (दाङ)। वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको...
-
पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ...