राप्रपाले महाधिवेशनको प्रचारप्रसारमा भित्तेलेखन नगर्ने
काठमाडौँ, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ उपत्यकामा भित्तेलेखन नगर्ने भएको छ। काठमाडौँ उपत्यकाको सौन्दर्यतालाई कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने भएको छ। पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनको प्रचारका लागि काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्र तथा व्यापारिक केन्द्रमा साङ्गीतिक कार्यक्रम गरिने जानकारी दिए। उनका अनुसार विभिन्न पार्टीको महाधिवेशनका लागि विगतमा गरिएका भित्तेलखनले सहरको सौन्दर्यतामा हस आएको महसुस गरी पार्टीले त्यस्ता गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीभित्रबाट कसैले त्यसलाई अवज्ञा गरेमा सम्बन्धितलाई दण्ड तथा सजायसमेत गरिनेछ। पार्टीले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनका विभिन्न गतिविधिकाबारेमा यथार्थ र आवश्यक सूचना सार्वजनिक गर्ने जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा महाधिवेशनको प्रचार गर्न यसपटक सामाजिक सञ्जाललाई व्यवस्थितरुपले अधिकतम् उपयोग गरिनेछ। विभिन्न पार्टीको महाधिवेशन तथा राष्ट्रिय चुनावमा विभिन्न दलले सार्वजनिकस्थल तथा सडकका भित्तामा जथाभावी भित्तेलेखन गर्ने गरेको भए पनि त्यसलाई समयमा नमेटाउँदा काठमाडौँ केन्द्रित राजनीतिक गतिविधिले सहर फोहर देखिन्छ। सोही महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गर्ने क्रममा यही माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ र नगरको अधिवेशन गर्न लागिएको छ । यही २१ गते देशका २४० निर्वाचन क्षेत्रमा एकैदिन अधिवेशन गराइने प्रवक्ता श्रेष्ठले बताए।
Comments
अरु समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
प्रहरी हिरासतमा थुनुवाको मृत्यु
काठमाडौं । चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका रत्ननगर...
-
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले...
-
तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि
काठमाडौं । सरकार गठनपछिको तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
रविलाई विहान ३ बजे पोखरा पुर्याइयो, भोलि अदालतमा उपस्थित गराइने
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार...
-
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
देउखुरी (दाङ)। वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको...
-
पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ...
-
सहकारी ठगीमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी...