ताजा समाचार

विद्यार्थीले उडाए ड्रोन

म्याग्दी, ५ माघ । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन्। विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन्। प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न वस्तु तथा स्थलका मोडेल, फोटो फ्रेम, फोटो समेत प्रदर्शनी गरेका थिए। त्यसका साथै अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानी तान्ने मोटर, धुवाँ तथा मानव डिटेक्टिभ सेन्सरलगायतका विद्यार्थीद्वारा निर्माण गरिएका सामग्रीको प्रदर्शनी गरिएको थियो। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org