विहे गर्न नमानेपछि युवतीद्वारा प्रेमीको अनुहारमा तेजाब
माघ ५ । बेंगलरुमा एक युवतीले आफ्नो प्रेमीमाथि तेजाब खन्याएकी छन्। आफूसँग विवाह गर्न नमानेपछि लिदिया यसपाल नाम गरेकी युवतीले आफ्ना ३२ वर्षीय प्रेमी जयकुमार पुरुषोत्तमको अनुहारमा तेजाब हालिदिएकी हुन्।
पेशाले नर्स लिदियामाथि अस्पतालको छुरीले जयकुमारको अनुहारमा प्रहार गरेको आरोप पनि छ।
जयकुमारले प्रहरीलाई दिएको वयानअनुसार लिदिया र उनीबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो। लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् तर धर्म फरक भएका कारण आमाबुवाले नमान्ने भन्दै जयकुमारले मानिरहेका थिएनन्। जयकुमारले भनेअनुसार उनले लिदियासँग तीनमहिना देखि दुरी बढाएका थिए। जयकुमारले विहेका लागि अर्की केटी खोजिरहेका भनेर लिदिया रिसाएकी थिइन्।
छानविनमा संलग्न प्रहरीले आफ्नो १२ वर्षको रेकर्डमा महिलाले पुरुषलाई तेजाब हालेको घटना पहिलो पटक थाहा पाएको बताएका छन्। बेंगलरु प्रहरीका एक वरिष्ठ अधिकारीले पनि यस्तो घटना शहरमा पहिलो पटक भएको बताएका छन्।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...