ओबामा विदेश नीतिमाथि ट्रम्पको पहिलो झड्का
११ माघ । अमेरिकाकाका नयाँ राष्ट्रपति डोनल्ड ट्रम्पले एक व्यापार सम्झौता ‘ट्रान्स प्यासिफिक पार्टनरशिप (टीपीपी) बाट बाहिर निस्कनका लागि एक कर्मचारीको आदेशमाथि हस्ताक्षर गरेका छन् । यसो गरेर उनले आफ्नो चुनावी अभियानमा गरिएको एक वचनलाई पूरा गरेका छन् ।
यो व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बराक ओबामाको एसिया नीतिको सबैभन्दा राम्रो पक्ष मानिन्थ्यो जसमा १२ देशले हस्ताक्षर गरेका थिए ।
राष्ट्रपति पदका लागि आफ्नो चुनाव अभियानको क्रममा ट्रम्पले टीपीपीलाई एक ‘सम्भावित आपत्’ बताउँदै यसले अमेरिकामा उत्पादनको क्षेत्रलाई क्षती पुर्याएको बताएका थिए ।
डोनल्ड ट्रम्पले ठूलो मात्रामा कर घटाउने र विनियमनलाई कम गर्ने बाचा गरेका थिए । तर जुन कम्पनीका कारखाना विदेशमा छन् तीमाथि अत्यधिक सीमा कर लगाउने घोषणा गरे ।
ह्वाइट हाउसमा व्यापार जगतका हस्तीहरुलाई ट्रम्पले आयातमा जरिवाना लगाउने चेतावनी दिदैं भने, ‘ तपाईंहरु मात्र यति गर्नुपर्छ कि तपाईं यहिँ बस्नुपर्छ ।’
राष्ट्रपतिले यो टिप्पणी डाव केमिकल्स, लकहिड मार्टिन, अण्डर आर्मार, व्हर्लपुल, टेसला र जनसन एण्ड जनसनसमेत १२ कम्पनीका अधिकारी सम्मुख भनेका हुन् ।
शपथ ग्रहणपश्चात् ट्रम्प विरुद्ध घोर प्रदर्शन भयो र मिडियासँग उनी रुष्ट पनि भए ।
ह्वाइट हाउसमा सोमबार एक बैठक पछि ट्रम्पले संवाददाताहरुसँग भने, ‘हामी विनियमनलाई अत्यधिक मात्रामा कम गर्नेछौं तर यो नियम मानिसहरुको बचाउका लागि हुनेछ ।’
उनले अहिलेको कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट कम गरेर १५ वा २० प्रतिशतसम्म गर्नसक्छन् र विनिमयनमा ७५ प्रतिसम्म सम्म कटौती गर्ने बाचा गरेका छन् । यद्यपी, विदेशमा तयार गरिएका सामानमाथि कर लगाउने उनले स्पष्ट पारेका छन् ।
राष्ट्रपति चुनाव जितिसकेपछि उनले ती अमेरिकी कम्पनीलाई निशानामा राखेका थिए जसले आफ्नो कारखानालाई अमेरिकाबाट विदेश पठाए ।
ट्रम्पले अमेरिकी मजदुरलाई बेराजगार हुनु मेक्सिको र क्यानडासँग भएको व्यापार सम्झौतालाई दोषी मानेका छन् ।
राष्ट्रपति पदको चुनाव प्रचारको क्रममा अमेरिकामा नयाँ रोजगारी पैदा गर्ने ट्रम्पको चुनावी बाचा चर्चित थियो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












