लौठसल्ला आम्दानीको स्रोत बन्दै
इलाम, माघ १२ गते । माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ ।
एक दशकअघिसम्म लेकाली क्षेत्रमा हुने आलु, मकैलगायत परम्परागत बाली लगाएर मुस्किलले वर्ष दिनको गुजारा चलाउँदै आउनुभएका शुक्रराजले लौठसल्लाको बिक्रीबाट यस वर्ष रु छ लाख आम्दानी गर्नुभयो ।
क्यान्सरको औषधिको कच्चा पदार्थका रूपमा लिइने लौठसल्लाको खेती गर्ने लहर चलेपछि जे परे पर्ला भनेर १०५ रोपनी जग्गामा लौठसल्ला रोप्नु भएका उहाँलाई लौठसल्लाले लखपति बनाएको हो । “गाउँका धेरै साथीभाइले लौठसल्लाको व्यावसायिक खेती गर्दा पनि आफूलाई अत्तोपत्तो थिएन,” उहाँले भन्नुभयो– “लौठसल्लाबाट नसोचेको आम्दानी भएको छ । अघिल्लो वर्ष रु पाँच लाखको लौठसल्ला बिक्री गरे ।”
लौठसल्लाको पातबाट मात्र होइन, राईले बिरुवा बेचेर पनि मनग्य आम्दानी गर्नुहुन्छ । गत वर्ष ३५ हजार बोट लौठसल्लाको बिरुवा बिक्री गरेर रु दुई लाख कमाउनुभयो । लौठसल्लाको पात प्रतिकिलो रु २० र बिरुवा रु १५ मा बिक्री भएको उहाँले बताउनुभयो ।
माबुका किसान डुलबहादुर राईले पनि लौठसल्लाबाट यथेष्ट आम्दानी गरिरहनुभएको छ । चिराइतोमा रोग देखिनु र मिसावटका कारण बिक्न छोडेका बेला लौठसल्लाले किसानलाई राहत दिएको छ । पूर्वी पहाडी जिल्लामा लामो समयदेखि औषधिजन्य लौठसल्लाको खेती गरिएको भए पनि भर्खरै मात्र यसको किनबेच सुरु भएको छ ।
करिब २५ वर्षदेखि लौठसल्लाको खेती गर्दै आउनुभएका माइपोखरी–८ का जगत राई ७० रोपनी जमिनमा व्यावसायिक रुपमा खेती गर्दै आउनुभएको छ । उहाँ बर्र्सेनी रु तीन लाखदेखि रु चार लाख बिक्री गर्नुहुन्छ । यहाँका अधिकांश किसानले लौठसल्ला बुटवलस्थित माछापुच्छ«े लौठसल्ला प्रशोधन कारखाना र नेचुरल हर्बल कम्पनीमा पठाउने गरेका छन् ।
व्यावसायिक खेती बढिरहेको भए पनि लौठसल्ला बेच्न सहज छैन । सुकेको पात मात्र कम्पनीले किन्ने गरेको छ । सुलुबुङ, जमुना, जोगमाई, चमैता, माईपोखरी, मावु नयाँबजार, पुवामझुवालगायत गाविसका चार हजारभन्दा बढी किसानले लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् ।
Comments
अरु समाचार
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी...
-
सुनको मूल्य तोलामा रु छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको...
-
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव हुने
काठमाडौं । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत्...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि...
-
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
महेन्द्रनगर दसैँ बजारमा तीन करोडको कारोबार
काठमाडौं । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।...