ताजा समाचार

नौगड गाढ आयोजनामा प्रभू र एसबीआई बैंकले १ अर्ब लगानी गर्ने

काठमाडौं । ८ मेगावाटको नौगड गाढ साना जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेपाल एस.बि.आई. बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्झौता गरेका हुन् ।

२०६० साल अषाढ ५ गते स्थापना भई जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्य लिएर स्थापित अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ । यस मध्ये रु.१०० करोड (७०%) बैंक ऋण र ४४ करोड (३०%) शेयरधनीको लगानी रहने छ ।

एस.बि.आई. बैंक लिमिटेडले रु. ५५ करोड र प्रभु बैंक लिमिटेडले रु.४५ करोड गरि जम्मा रु.१०० करोड ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले जानकारी दिए । आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति गरिने न्यौपानेले बताए ।

यो आयोजनाबाट उत्पादित विद्युत् ८ कि.मि. लामो ३३ KV ट्रान्समिसन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ ट्रान्समिसन लाईन मार्फत् कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रसारण हुनेछ ।

कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।
स्मरण होस् नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ KV ट्रान्समिसन लाइनको निर्माण पुरा भएतापनि लाइन चार्ज हुन सकेको छैन् । डबल सर्किट भएको टावरमा दास्रो सर्किटमा तार ओछ्याउने काम हुन सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org