ताजा समाचार

निर्वाचन आयोगमा ३ जना आयुक्त सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगमा ३ जना आयुक्त सिफारिस गरेको छ । सिंहदरवारमा बसेको परिषद्को बैठकले नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौडेल र सुधिर कुमार शाहलाई आयुक्त पदमा सिफारिस गरेको हो । आयोगमा प्रमुख आयुक्त सहित ५ जना पदाधिकारी रहने व्यवस्था भएपनि ३ जनाको पद रिक्त थियो । योसँगै आयोगले पूर्णता पाउने भएको छ । आयोगमा हाल प्रमुख आयुक्त अयोधी प्रसाद यादव र आयुक्त इला शर्मा हुनुहुन्छ । आज सिफारिस भएकाहरुको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक व्यबस्था छ । सरकारले निर्वाचन मिति घोषणाको तयारी गरेको तथा आवश्यक कानुन निर्माणले समेत गति लिएपछि परिषद्ले आयोगलाई पूर्णता दिने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org