ताजा समाचार

 नेपाल प्रहरीद्वारा २६ सय ७८ पदका लागि भर्ना आह्वान

काठमाडौं, २० माघ ।  प्रहरी प्रधान कार्यालयले २६ सय ७८ पदका लागि भर्ना आह्वान गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवान माग गरेको हो ।  प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ ।   त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।  सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।  सूचनाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।  त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org