अवरुद्ध सिँचाइ नहर सञ्चालनमा
गुल्मी, २० माघ । गुल्मीको मुसिकोट–६ मा रहेको हनुमानटारी फाँटमा सिँचाइ गर्न खेतका मोहीले ३५ दिन लगाएर बडिघाट नदीमा बाँध बाँधेर सिँचाइ नहर सञ्चालनमा ल्याइएको छ ।
गत साउनमा अविरल वर्षासँगै बडिघाट नदीमा आएको बाढीले करिब दुईसय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिब चारसय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामोनिसाना नरहने गरी पुरेपछि हनुमानटारी सिँचाइ फाँटमा धान रोप्नबाट समेत किसान बञ्चित भएका थिए ।
विगत सात महिनादेखि अवरुद्ध रहेको सिँचाइ कुलो नहर बनाउन स्थानीय खेतका मोहीले ३५ दिन लगाएर कडा मिहेनत गरी नहरको निर्माण तथा मर्मतसम्भार गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याइएको सिँचाइ उपभोक्ता समितिका सचिव कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
साथै, उक्त खेतीयोग्य फाँटमा राज्यका तर्फबाट खासै चासो नदेखाएपछि सिँचाइ कुलोका उपभोक्ता मोही आफैँ सक्रिय भई सिँचाइ सञ्चालनमा जुटेका हुन् ।
सिँचाइ नहरमार्फत आ–आफ्ना खेतमा सिँचाइ गर्न पाउँदा उपभोक्ता निकै हर्षित भएका छन् ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...