ताजा समाचार

घरखर्च चलाउन डोको व्यापार

सुर्खेत २० माघ । वीरेन्द्रनगरमा महिलाहरु घरखर्च चलाउने पैसा नभएपछि डोके व्यापार गर्न थालेको छन् । घरमा नुन तेल किन्न धौधौ हुँदा महिलाहरु हिजोआज डोके व्यवसाय गर्ने लागेका हुन ।

महिलाहरु बिहान उठेर तरकारी मन्डीमा पुग्छन् ।  मन्डीमा कसैले तरकारी व्यापार गर्ने गर्छन त कसैले फलफूल व्यापार गर्ने थालेका छन् । फलफूलको डोके बोकेर बजारभरि घुमिरहेको देखिन्छ ।  स्याउ,सुन्तला,अनार र मौसम लगायतका फलफूल विक्री गर्छन । फलफूल कहिले २ दिन लगाए बिक्रि गर्छन त कोहीले १ दिनमै विक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
विहान उठेर खाली डोके बोकेर प्रत्येक बिहान २० केजी देखि २५ केजीसम्म फलफूल लिएर बजार घुमाउदै आएका छन् । नुन तेल किन्ने पैसा नभएपछि फलफूल बेच्न सूरु गरेकी सुर्खेत तातापानीकी २८ वर्षकी अन्जु बि.कले ५ दिन अघिदेखि फलफूल डोकोमा राखेर बेच्न थालेको वताईन ।
उनले भनिन्, ‘श्रीमान भारतमा कमाई गर्ने जानु भएको छ । १ महिना भयो, ८ हजारसम्म कमाएर पठाउनु हुन्थ्यो अहिले पठाउनु भएको छैन । छोराछोरी पढाउनै प¥यो । नुन तेल किन्ने पैसा हुँदैन । त्यही भएर डोकोमा फलफूल बेचेमा केही फाइदा भएमा नुन तेल किन्न सम्म हुन्छ की भनेर व्यापार गर्ने लागेको हुँ  ।’

त्यस्तै अन्जुले २० केजी स्याउ बेचेर २ सयसम्म कमाउ छिन ।  उनेले भनिन्आ,’ज त बोहनी पनि भएको छैन । यो स्याउ बेच्न दुई दिन लाग्ने भो ।  मन्डीमा कम्प्युटर मेसिनबाट तौलेर ल्याउनुपर्छ । हामीलाई ३ केजी घाटा हुँदो रहेछ ।’

त्यस्तै अर्की डोके व्यापार गदै आएकी तातापानी सुर्खेतकी लक्ष्मी अधिकारीको पनि दुःख उस्तै छ । घरमा नुन तेल खाने पैसा हुन्छ की भनि व्यापार गर्ने थालें । राम्रोसँग  व्यापार हुदैन । सबैले डोको व्यापार गर्न थाले । उनले भनिन् ,’आज जम्मा १ केजी मौसम मात्र विक्री गरेको छु ।  २५ केजी ल्याएको थिए । सबै बेचेर २ सय फाइदा हुन्छ । अब यो मौसम २४ घण्टा लगाएर बेच्नु पर्ने त होला, केही हुन्छ की ? बालबाच्चाको विद्यालयको ‘फि’ तिर्ने र बिहान-बेलुका नुन तेल खर्च हुने आसमा डोको व्यापार गर्न लागेको हुँ । घरमा ५ जनाको परिवार छ । कमाई गर्ने कोही छैन ।   पहिलापहिला अलिअलि व्यापार हुन्थ्यो । हिजोआज व्यापार सुक्दै गएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org