ताजा समाचार

मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउने सिके राउत पक्राउ

काठमाडौं, २० माघ । मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरको माछाबजारमा रहेको डेराबाट नै उनलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लाहानले पत्राचार गरी राउतलाई पक्राउ गर्न आग्रह गरेपछि उनलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका राउतलाई लाहानमा प्रहरी कार्यालयमा नै बुझाउने प्रहरीले बतायो । राउतले केही वर्षदेखि मधेसमा छुट्टै राज्यका लागि ुस्वराजु अभियान चलाइरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org