काँग्रेसमा उपसभापति र सहसचिवमा कुरा मिलेन
गोरखा २१ माघ, । जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो ।
क्षेत्र नम्बर १ बाट महासमिति सदस्य राजनराज पन्त, विश्वदेव श्रेष्ठ र इमानसिंह बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो । यस्तै क्षेत्र नम्बर २ बाट बलराम खड्का र राजु गुरुङ जिल्ला सदस्यमा मनोनीत भए । क्षेत्र नम्बर ३ बाट नुर्ब छुदेन गुरुङ र डिल्लीराम तिमल्सेना जिल्ला सदस्य मनोनीत भएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
बिहीबार बसेको बैठकले गङ्गाप्रसाद अधिकारी, जीवनराज वन्त, भीमप्रसाद अर्याल, तारानाथ पुडासैनी, रामशरण अधिकारीलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिए ।
एक सदस्यसहित केही आमन्त्रित सदस्य मनोनीत गर्न बाँकी छ । माघ २९ गते पालुङटारमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...