ताजा समाचार

सिके राउतलाई १० दिन थुनामा राखेर अनुसन्धानका गर्ने तयारी

 

काठमाडौं,२१ माघ । सीके राउतलाई १० दिन थुनामा राख्न जिल्ला अदालत सिराहाले आदेश दिएको छ ।

बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले न्युज -नेपालाई जानकारी दिए ।

यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए ।

यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ । ‘अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको छ । त्यही अनुसार अनुसन्धान सुरु हुन्छ’ डीएसपी केसीले भने ।

संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org