ताजा समाचार

सरकारले पठाएको पत्रको निर्वाचन आयोगले जवाफ दिने

 

काठमाडौं २३ माघ । स्थानीय चुनावबारे सरकारले पठाएको पत्रका सम्वन्धमा निर्वाचन आयोगले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । स्थानीय निर्वाचको तयारी गर्न भन्दै सरकारले औपचारिक पत्र पठाएपनि मिति नतोकिएको तथा स्थानीय तह वा निकाय के को निर्वाचन गर्ने भन्ने सम्बन्धमा स्पष्ट हुन नसकेपछि आयोगले निर्वाचनबारे धारणा बनाउन लागेको हो ।

सरकारले शुक्रबार ढिलो गरि पत्र पठाएकाले आज मात्रै निर्वाचन सम्बन्धमा सरकारी आशयबारे धारणा बनाउन लागिएको आयोगका प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । अर्यालले भन्नुभयो, सरकारले चुनावी मैदानमा त पठायो तर यसको आधार के हुने भन्नेबारे स्पष्ट बनाउन नसकेपछि आयोगलाई पनि अप्ठ्यारो परेको छ । निर्वाचन प्रमुख आयुक्त अयोधी प्रसाद यादले सरकारी पत्रको नीतिगत अन्योलबारे स्पष्टता खोजिने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org