सबैभन्दा बढी विजुली चोरी हुने स्थानमा अनुसन्धान गर्दै प्रहरी, प्रहरी टोली हेटौँडा पुग्यो
काठमाडौं । विद्युत् चोरी नियन्त्रण विरुद्ध अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजपत्र नियन्त्रणमा लिएको छ । क्षेत्रीय कार्यालय र वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ठूला उद्योगहरुले विद्युत् चोरी गरेको सूचनाको आधारमा अनुसन्धान गर्न आएको प्राविधिकसहितको टोलीले कागज नियन्त्रणमा लिएको हो ।
माघ २१ गते मकवानपुर तथा आसपासका क्षेत्रमा विद्युत् चोरीको अवस्था अध्ययन गर्न टोली खटिएको थियो ।
हेटौँडा वितरण केन्द्र मातहत ५३ प्रतिशत विद्युत् चोरीको समाचार सार्वजनिक भएपछि महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक विष्णु केसीको नेतृत्वमा विद्युत् प्राधिकरणका इन्जिनियरसहित आएको टोलीले स्थानीय उद्योग तथा व्यवसायीको मिटर तथा विद्युत् चोरी हुनसक्ने स्थानमा स्थलगत अनुगमनसमेत गरेको छ ।
साथै, हेटौँडाको हर्नामाडीमा रहेको शिवम् सिमेन्ट उद्योगमा समेत अनुगमन गरिएको प्रहरी उपरीक्षक केसीले बताए। यसअघि उल्टो मिटर घुमाउने काममा संलग्न भएको आरोपमा प्राधिकरणको हेटौँडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान पक्राउ परेका थिए। थप अनुसन्धानको क्रममा कर्मचारीसँगको बयान जारी राखेको प्रहरी उपरीक्षक केसीले बताए।
विद्युत् चोरी गरेको र चोराएको आरोपमा प्राधिकरण हेटौँडाका केही कर्मचारीसँग बयान लिइएको र वितरण केन्द्रका केही कर्मचारीको सुक्ष्म अध्ययन गरिएको महाशाखाले जनाएको छ ।
गत वर्ष यस वितरण केन्द्र मातहत ५२ करोड ६५ लाख ४८ हजारको विद्युत् चुहावट भएको पाइएको थियो। सो परिमाण कूल विद्युत् प्रसारणको ५३ प्रतिशत हुन आउछ ।
ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकीङ गरेर विद्युत्चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यावसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीकै मिलेमतोमा बिजुली चोरी हुने गरेको हो ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...