ताजा समाचार

एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

 

काठमाडौं ४ माघ । सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो ।

संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । र, अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org