न्यौपानेको कर्म संवाद : कर्म बालबालिको क्षेत्रमा गीता जस्तो पुस्तक
महेन्द्रनगर । दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ बालबालिकाको क्षेत्रमा काम गर्नेको लागि गीता जस्तो भएको कर्म संवाद कार्यक्रमका सहभागीले प्रतिक्रिया दिएका छन् ।
रिडर्स क्बलका अध्यक्ष सुरेन्द्र ओझाले पुस्तक पढेपछि आफ्नो दृष्टिकोण बदलिएको बताए । ‘बालबालिकासँग म पनि हातेमालो गर्न चाहने मान्छे हुँ,’ उनले भने, ‘तैपनि मैंले बालबालिका अझै बुझेको रहेनछु, लेखले जसरी मैंले किन सोचिन ? लेखकले जसरी किने हेरिन भनेर यो पुस्तक पढेपछि सोचिरहेको छु । यो पुस्तक बालबालिका क्षेत्रमा काम गर्नेको लागि गीता हो । शिक्षकले यसलाई एक पटक मात्रै पढेर हुँदैन । पटकपटक पढ्नुपर्छ । यसलाई सिरानीमा राख्नु पर्छ ।’
ग्लोबल स्कुलका प्रिन्सिपल समेत रहेका ओझाले आफूले ५० वटा किताब लेखिसकेको उल्लेख गर्दै यो पुस्तक पढेपछि सामान्य कुरा पनि गम्भीर तरिकाले उठाउन सकिंदो रहेछ भनेर आफूलाई महशुश भएको बताए । ‘अब म कर्म बोकेर बालबालिका बीच जान्छु,’ उनले भने, ‘यो पुस्तकका पात्रले केही गर्न सकिन्छ र केही गर्नु पर्छ भन्ने प्रेरणा दिएको छ ।’
कञ्जनपुर बालक्लब समाज र रिडर्स क्लबले आयोजना गरेको संवादमा बाल अभियन्ता, शिक्षक, बालबालिकाल लगायतले पुस्तकमाथि परिचर्चा गरे । संवाद कार्यक्रममा देशका सात वटै प्रदेशका बाल क्बल संजालका प्रतिनीधिहरु सहभागी थिए ।
बालक्लब संजाल काभ्रेका पूर्व अध्यक्ष सजीप न्यौपानले पुस्तकले बालमैत्री समाज निर्माण गर्न अभियान चलाएको प्रतिक्रिया दिए । ‘यो कोठाको चौघेरामा बसेर लेखिएको पुस्तक हैन,’ उनले भने, ‘यो पुस्तकले लेख्ने काम मात्रै भएको छैन, बालबालिकाले उठाएको अभियानलाई समेत साथ दिएको छ ।
यसले बालबालिकाको लागि काम गर्ने निकायलाई बालमैत्री समाज निर्माण गर्न झक झकाएको छ ।’ बालक्बल संजाल सुर्खेतका पूर्व अध्यक्ष तिलक पौडेलले यो पुस्तक बालबालिको जीवन भएको प्रतिक्रिया दिए । ‘यो पुस्तक समुद्रमा जमेको हिंउ पगाले जस्तो छ,’ उनले भने, ‘बालबालिकाको मनलाई यसले समाएको छ ।’
बालक्लब संमाज कन्चनपुरका कार्यत्राहक अध्यक्ष धिरज जोशीले कर्मले बालबालिकाको क्षेत्रमा नयाँ कोणबाट बहस चलाएको प्रतिक्रिया दिए । ‘यो बहस हामी देशभरी फैलाउँछौं,’ उनले भने ।
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार तथा लेखक न्यौपानेले बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी भएको बताए । ‘बालबालिका हेपिएका छन्,’ न्यौपानेले भने, ‘कुनै पनि संरचना बालमैत्री छैनन् । बालमैत्रि व्यवहार नभए सम्म उनीहरुको चौतफी विकासमा बाधा हुन्छ । उनीहरुको चौतफी विकासका लागि बालमैत्री व्यवहार जरुरी छ । त्यही बहस चलाउन मैंले पुस्तक लेखेको हुँ ।’
त्यस्तै ग्लोबल स्कुलकी भाइस प्रिन्सिपल चन्द्र पाठकले बालबालिकाको विषय गम्भीर रुपमा उठाएको प्रतित्रिया दिइन् । ‘हामी प्राकृतिक, संस्कृतिक रुपले सम्पन्न भएर पनि किन पछि प¥यौं, ?’ उनले भनिन्, ‘यो प्रश्न गम्भीर गरी पुस्तकमा उठाइएको छ। स्रोत परिचालन गर्न सक्यौं भने हाम्रो देश सम्पन्न बन्न सक्छ ।’ सिकाउने शैली राम्रो भयो भने बुझ्न सजिलो हुने रहेछ भन्ने शिक्षक पुस्तकले दिएको उनले प्रतिक्रिया दिइन् ।
न्यौपानेको दोस्रो कृतिको रुपमा कर्म : सिकाइमा गहिरिएको खाडल केही महिना अघि मात्र बजारमा आएको हो । न्यौपानेले कर्म दोस्रो संस्करण प्रकाशनको लागि तयारी भईरहेको पनि वताएका छन् । यसअघि उनले माओवादी द्वन्द्वकालका घटना समेटेर एम्बुसमा ६ वर्ष पुस्तक लेखेका थिए ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...