ताजा समाचार

वीरेन्द्रनगरको मुटुमा फोहोर थुफ्रियो,स्थानीयलाई वास्तै छैन,नगरपालिका रमिते ! [फोटोफिचरसहित]

 

सुर्खेत । वीरेन्द्रनगरको मुटुमा रहेको बजार बाटामा हिडने बटुवाहरुले छिछि र दुरदुर गदै हिड्ने गरेको छन् । प्रदेश न ६ को प्रस्तावित राजधानी सुर्खेत वीरेन्द्रनगरलाई नयाँ अवधारणा अनुसार सुन्दर शान्त गर्ने भनिएको छ । बजारका नालाहरुमा फोहोरै फोहोर माात्र भरिएको पाइन्छ ।

फोहोर व्यवस्थित गर्न नगपरपालिकाले ध्यान नदिदा बजार दुर्गन्धीत भएको छ । नालाहरु घरायसी फोहोर,तरकारीका पात, प्लास्ष्टिका टुक्राहरु जताततै फालिएको छ । बजार व्यवस्था पन गर्ने नगर पालिका मौन अवस्थामा बसिरहे्को छ । यो फोहोर व्यवस्थापनमा चासो नदिर्ने हो भने महामारी फैलने सक्ने सम्भावना रहेको छ ।

बजारका व्यवसायिहले आफ्नो पसल अगाडीको फोहोर महिनाको ५० रुपैयाँ तिरेर फोहोर उठाउने सहमति गरेपनि व्यवथापन हुन सकेको छैन । अधिकंश व्यवसायिहरुले नगरपालिका कार्यालयले वार्षिक रुपमा ५ सय देखि व्यवसायको पहिचान गरि १५ सयसम्म नगरपालिकामा कर लिने गरेको व्यापारीहरुको गुनासो गदै आएका छन् ।

बजारमा नगरपालिकाले अहिलेसम्म फोहोर नउठाएको र नालाहरु सफा नगर्दा समस्या दिनप्रति दिन बढदै गरेको स्थानीहरु र व्यवसायीहरु बताउँदै आएका छन् । वीरेन्द्रनगरमा व्यवसाय गदै आएका व्यवसायी भुपेन्द्र थापा मगरले गुनासो गरेका छन् ।
उनले भने, ‘कहिले काही आफनो पसल अगाडीको फोहोर आफै सफा गर्छु नाला भरिएर महामारी फैलन सक्ने सम्भावना छ ।’

सबै भन्दा बढि फोहोर घरायसी फोहोर भात, तरकारी फलफुलका फोहोर बालुवा गिटीहरुले गर्दा नालाहहरु बन्द हुने गरेको छ । आफूहरुले नगरपालिकाले कर तिर्ने गरेको छौं, फोहोर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको थापाले बताए ।
यस्तै अर्को व्यवसायी गोपाल बुढा भन्छन्,’आफ्नो पसलको अगाडी फोहोर मासिक ५० रुपैयामा उठाउने गरेको छौ ।  नगरपालिकामा हामीले व्यवसाय सञ्चालन गरेको भन्दै आफुले ८ सय तिर्ने गरेको बताए । पहिलाका वर्षहरुमा प्रत्येक शनिवार फोहोर सफ गर्ने गरेका थिए । आजभोली कहिले आए सासु कहिले आए आँसु जस्तै गरि सफा गर्न आउने गरेको छ ।’

यस्तै अर्को व्यवसायी डिल बहादुर आर्चायले भने, ‘कहिले खेलाडीहरु सफा गर्ने गरेको छन ।  कहिले प्रहरी सेना, कहिले उद्योग वाणिज्य संघले सफा गर्ने गरेको छ ।’

नगरपालिका कार्यालय सुर्खेतकी सरफाई वरिष्ठ सहायक टिकाकुमारी थानीका अनुसार नगरपालिका कार्यालय सुर्खेतले ग्रिन सिटी सेवा नेपाललाई २०७० सालमा सम्झौता गरिएको भनाई छ ।  मुख्य सडकहरुमा महिलाको २ पटक सरफाई गर्ने र सहायक सडक खण्डमा महिलाको १ पटक सरफाई गर्ने भनेर सम्झौता भएको उनले वताएकी छन् ।

मुख्य समस्या भनेको व्यवसायीहरु ऋाफनो पसल अगाडी तिरको फोहोरलाई नालामा फाल्ने भएपछि समस्या भएको बताइन उनले भनिन ग्रिनसिटीले नगरपालिका सँग ५ वर्ष सम्मको सम्झौता रहको उनले बताइन ।

उता ग्रिन सिटी सेवा नेपालका संयोजक शशी केसीका अनुसार घरको फोहोरले यस्तो समस्या भएको बताएका छन । अबको एक हप्ता भित्रै नालाहरुको सरफाई गर्ने बताएका छन । महिाना १५ दिनको सरफाई गर्ने हो ।

अहिले घरायासी फोहोर र घरनिमार्णले गर्दा धेरै फोहोर हुने गरेको बताए । अब व्यापारीहरुलाई अनुरोध गरेर आफनो अगाडीको फोहोर व्यवस्थापनको लागि अनुुरोध गर्ने केसीको भनाई रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org