ताजा समाचार

सेञ्चुरी बैंकको पहिलो त्रैमासमा भन्दा दोस्रो त्रैमासको नाफामा २०० प्रतिशत बृद्धि

 

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा संचालन मुनाफा ३२ करोड ७४ लाख रुपैयाँ तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ गरेको छ ।
बैंकले जारी गरेको प्रेस बिज्ञप्तिअनुसार बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९।३० प्रतिशत बढी हो भने प्रथम त्रैमासभन्दा २०१।५० प्रतिशतले बढि हो ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ राखिएको बैंकले जनाएको छ । बैंकले ३२ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको प्रति शेयर आम्दानी १२ रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६६ पैसा तथा मूल्य आम्दानी अनुपात २७।५१ गुणा कायम भएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ८ अर्ब पूँजी तोकिएकै समयमा पुर्याउने समेत बैंकले जनाएको छ । यसकालागि बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ ।

नपुग रकम हकप्रद तथा बोनस शेयर जारी गरी पु¥याउने लक्ष्य लिएको समेत बैंकले जनाएको छ ।

बैंकले हाल ३१ वटा शाखा, २९ वटा ए।टी।एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा दिँदै आइरहेको छ । साथै, प्राप्ती पश्चात् बैंकको शाखा संजाल ५४ वटा हुने समेत बैंकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org