आयुर्वेदिक औषधिप्रति आकर्षण घट्दो
![](http://news-nepal.com/wp-content/uploads/2017/02/image.jpg)
पछिल्लो समयमा अस्पतालको उपचारमा वृद्धिसँगै आयुर्वेद तथा प्राकृतिक औषधिप्रति जनसमुदायको आकर्षण घटेको जिल्ला आयुर्वेद औषधालय भोजपुरले जनाएको छ । आयुर्वेद पद्धतिका बारेमा जनतामा चेतनाको कमीका कारणले पनि यस पद्धति प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको हो ।
भोजपुर कुलुङका अकलबहादुर राईले भन्नुभयो, “बिरामी भएको बेला तत्काल सञ्चो नगर्ने र लामो समय पर्खनुपर्ने भएकाले अस्पतालकै औषधि प्रयोग गरिन्छ ।” आयुर्वेद औषधि भनेको समयमा नपाइने र त्यसको प्रयोगका बारेमा जानकारी पनि नभएकाले प्रयोग नगरेको भोजपुर–७ की मनमाया विकले बताउनुभयो ।
आयुर्वेदका जानकारका अनुसार औषधिले रोगलाई दबाउने मात्र काम गर्दछ पूर्ण रुपमा निको पार्दैन तर केही यस्ता रोग छन् जसलाई आयुर्वेदले रोग तत्काललाई दबाउने मात्र होइन पूर्ण रुपमा निको पार्ने काम नै गर्दछ । जानकारीको अभावमा जिल्ला तथा सेवा केन्द्रको आयुर्वेद औषधालयमा सर्वसाधारणको त्यति आवतजावत नभएको आयुर्वेद कार्यालय भोजपुरका कर्मचारी सुष्मा बस्नेतले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असार १४ गते शुक्रवार
मेषः खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दामका...
-
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना...
-
पथलैया–हटौँडा सडक एक साताभित्र तयार हुने
काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक...
-
सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा...
-
झापामा हात्ती मृत फेला
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी स्थानीयवासीले खोलामा मरेको हात्ती...
-
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
एसइईको नतिजा भोलि बिहीबार प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका...
-
पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु
काठमाडौं । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता...