ताजा समाचार

कानूनी व्यवसायीद्वारा बारमा धर्ना

काठमाडौं, २७ पुस । उच्च अदालतमा न्यायाधीश नियुक्ती विरुद्ध सुरु गरेको आन्दोलनमा नेपाल बार एसोसिएसनले अडान कायम राख्न नसकेको भन्दै मधेसी समूदायबाट प्रतिनिधित्व गर्ने कानूनी व्यवसायीहरुले नेपाल बार एसोसिएसनमा धर्ना दिइरहेका छन् ।

न्यायाधीश नियुक्तिमा समावेशी पद्धती नअपनाइएको भन्दै प्रदेश नम्बर २ का कानूनी व्यवसायीहरुले नेपाल बारले सुरु गरेको आन्दोलनमा समर्थन गरेका थिए । तर बारले न्यायपरिषदको कुनै प्रतिवद्धताविना आन्दोलन फिर्ता लिएको भन्दै उनीहरुले बारविरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org