ताजा समाचार

पुराना पार्टीलाई बाबुरामले दिए मरेका माछाको संज्ञा

 

मकवानपुर, २७ माघ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी  संयोजक डा. बाबुराम भटटराइले पुराना पार्टीहरुलाई मरेको माछाको संज्ञा दिएका छन् ।

मकवानपुरको हेटौंडामा कार्यकर्ता प्रशिक्षणका क्रममा डा.भट्टराईले सो आरोप लगाउँदै भने, ‘मरेको माछा बगेको पानीको बहाबसँगै बग्छ । र,जिउँदो माछा पानीको बहाबको बिपरित पौडने हुँदा पुराना शक्तिहरु विपरित बाटोमा हिडेका हुन ।’

संयोजक भट्टराईले अरुले हिडेको सहज बाटो हिंडिरहेकाले उनिहरु मरेको माछा भएको र नयाँ शक्ति अरुले हिडेको भन्दा आफैले बनाएको र सहासिक बाटो हिंडिरहेकोले जिउँदो माछा भएको दाबी गरे ।

त्यस्तै पार्टीका सहसंयोजक रामचन्द्र झाले केपी ओलिले नेपालभित्र मधेस नदेखेको र सिके राउतले मधेसभित्र नेपाल नदेखेकाले दुबै उस्तै अतिवादी भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org