ताजा समाचार

सिरहामा सत्र हजार कुखुराको बिमा


लहान, २८ माघ । सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बिमा गरिएको छ ।

बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका १११ पशुपालक किसानले आफ्ना पशु तथा चारजना पोल्ट्री फार्म सञ्चालकले कुखुराको बिमा गराएका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले जानकारी दिनुभयो ।

पशुतर्फ १९९ गाई, ४० वटा भैँसी, २०४ बाख्रा र १२ वटा बङ्गुरको बिमा गरिएको छ । बाली र पशुपक्षीको बिमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने तथा २५ प्रतिशत किसान स्वयम्ले तिर्नुपर्ने व्यवस्था रहेको छ ।

पशुतर्फ रु एक करोड ४६ लाख ५८ हजार, पक्षीतर्फ ९कुखुरा फार्म० रु ४६ लाख २५ हजारको बिमा भएको लहानस्थित लुम्बिनी जेनरल इन्स्योरेन्सका शाखा इन्चार्ज अनिलकुमार यादवले बताउनुभयो । अहिलेसम्ममा प्रिमियमस्वरुप पशुतर्फ रु सात लाख ३२ हजार र कुखुरा फार्मतर्फ रु ६९ हजार सङ्कलन भएको छ । केही समय अगाडी इटाटार गाविसमा माछा पोखरीको समेत बिमा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org