ताजा समाचार

विहानै बालुवाटार पुगेका बाबुरामले के भने प्रचण्डसँग ?

काठमाडौं, २९ माघ । संविधान संसोधन र स्थानीय तहको चुनावको मिति घोषणाको तयारीमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट जारी राखेका छन् ।

शुक्रवार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शनिवार विहानै नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संसोधन र स्थानीय तहको चुनावका विषयमा छलफल भएको थियो ।

स्थानीय तहको पुनसर्रंचना आयोगको प्रतिवेदनमा देखिएको विवाद सुल्झाउन पनि सरकारले गृहकार्य गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org