ताजा समाचार

चन्द र श्रेष्ठ नयाँ आइजीपी

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा डिआइजी जयबहादुर चन्द र सशस्त्र प्रहरी बल नेपालको आइजीपीमा अतिरिक्त महानिरीक्षक (एआइजी) सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।  आज बिहान बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो । प्रहरीमा बरियतामा डिआइजी नवराज सिलवाल पहिलो र डिआइजी प्रकाश अर्याल दोस्रो नम्बरमा थिए । भने चौथो नम्बरमा बमबहादुर भण्डारी थिए । सशस्त्रमा पहिलो नम्बरमा श्रेष्ठ नै थिए भने प्रेम साही र प्रकाश अर्याल पनि आइजीपीका उमेद्वार थिए । प्रहरीमा आइजीपी बनेका चन्द काबिल अधिकृत मानिन्छन् भने सशस्त्रका आइजीपी बनेका श्रेष्ठ पनि आफ्नो ब्याचमा उत्कृष्ठ नै मानिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org