ताजा समाचार

हार्भेष्टमुन नेल्टा क्लवमा वादविवाद प्रतियोगिता सम्पन्न

सुर्खेत । नेपाल अंग्रेजी शिक्षक संघ ‘नेल्टा’ सुर्खेतले थालनी गरेको नेल्टा इन स्कुल अभियान अन्तर्गत गठन गरिएका नेल्टा क्लवहरुले विभिन्न क्रियाकलापहरुलाई तिब्रता दिएका छन् ।

शुक्रबार हार्भेष्टमुन नेल्टा क्लवले आयोजना गरेको इंग्लिस इज माइटर देन नेपाली भन्ने विषयमा आयोजना गरिएको वादविवाद प्रतियोगितामा निशासिंह ठकुरी प्रथम, विन्दू शाही द्वितीय र भावना भट्टराई तृतीय भएका छन् ।

क्लवका अध्यक्ष प्रतिमा भण्डारीको अध्यक्षतामा आयोजना गरिएको उक्त वादविवाद प्रतियोगितामा नेल्टा सुर्खेतका अध्यक्ष विष्णुकुमार खड्काले अंग्रेजी भाषा शिक्षणको अवस्थामा सुधार ल्याउन र विद्यालयमा अंग्रेजी मैत्री वातावरण सिर्जना गर्न नेल्टा सुर्खेतले थालनी गरेको विद्यालयमा नेल्टा अभियान प्रभावकारी भइरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भट्टराईले नेल्टा सुर्खेतले थालनी गरेको अभियानको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी हुने बताए ।

यसैगरी नेल्टाका आजीवन सदस्य तथा मप विश्वविद्यालयका उपप्राध्यापक सन्तोष भण्डारीले नेल्टा सुर्खेतले अभियानको क्रममा सञ्चालन गरेको यस्ता कार्यक्रमहरुले अंग्रेजी भाषा सिकाइमा सहयोग पुग्नेमा जोड दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि नेल्टा सुर्खेतका अध्यक्ष विष्णुकुमार खड्काले प्रमाणपत्र तथा पुरस्कार वितरण गरेको फोकलपर्सन रमेश खड्काले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org