ताजा समाचार

जनकपुर पुगेर बाबुरामले भने- केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा

जनकपुर १ फागुन । नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा.बाबुराम भटटराईले केपी शर्मा ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भटटराईले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । र, सिके राउत प्रवृत्तिलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले मलजल गरिरहेको भट्टराईको आरोप छ ।

नयाँ शक्तिका नेता भटटराईले संविधान संशोधन गरेर मात्रै स्थानीय चुनावमा जानु उत्तम विकल्प भएको बताए । संविधान संशोधन र संघीयताको कार्यान्वयन भएको अवस्थामा मात्रै मुलुकले निकास पाउने उनको धारणा छ ।

अहिलेकै अवस्थामा स्थानिय चुनाव गरे मुलुकमा झनै जटिलता थपिने भट्टराईले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org