प्रथम बाल महोत्सवमा पत्रकार न्यौपानेको पुस्तक ‘कर्म’ माथि चर्चा
झापा । झापामा सम्पन्न ‘प्रथम बालमहोत्सव’ को अवसरमा लखनपुरमा कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ को परिचर्चा गरिएको छ । कार्यक्रममा सहभागीले कर्म नेपाली बालबालिकाको क्षेत्रमा एउटा महत्वपूर्ण दस्तावेज भएको बताए ।
‘कर्ममा हामी बालबालिकाको आवाज समेटिएको छ’, पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका अध्यक्ष पुजन भण्डारीले भने, ‘नेपालमा बालबालिकाको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको उपायको बारेमा पनि उल्लेख गरिएको छ ।’
लेखक न्यौपानेले पुस्तकको माध्यमबाट बालबालिकाको क्षेत्रमा प्रशस्त सम्भावना देखाइदिएको उनले बताए । ‘बालबालिकाको मुद्दा उठाएर लेखिएका कमै मात्र पुस्तक छन्’, उनले भने, ‘त्यस्ता कम पुस्तकहरु मध्येको एउटा उत्कृष्ट पुस्तक हो यो ।’
कर्म बालबालिकाको मुद्दामा केन्द्रीत भएको कारणले यो आफूहरुको पुस्तक भएको कार्यक्रममा सहभागी बालबालिकाले दावी गरे ।
अर्का सहभागी पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका सदस्य गौरव पोखरेलले बालबालिकालाई बुझ्न चाहने जो कोहीले पढ्नै पर्ने पुस्तक कर्म भएको टिप्पणी गरे ।
‘बालबालिकाप्रति सरोकार राख्ने जति सबैले यो पुस्तक पढ्नै पर्छ’, उनले भने, ‘यसले बालमैत्री ढङ्गले व्यवहार गर्न प्रोत्साहित गर्छ ।’
लेखक न्यौपानेले पुस्तकमा बालबालिकाको स–साना कुरा पनि गम्भीर रुपमा उठाएर बहस सिर्जना गरिदिएको भन्दै खुसी व्यक्त गरे ।
‘मुलधारको लेखनमा बालबालिकाका कुरालाई खासै समावेश गरिएको पाइँदैन’, उनले सुनाए, ‘त्यसैले यो पछिल्लो समय बजारमा आएको फरक स्वाद दिने पुस्तक हो ।’ नेपालमा बालबालिका र बालक्लबको विषयलाई कर्मले बहसमा ल्याएको उनको भनाइ थियो ।
बालक्लब सञ्जाल, सिन्धुपाल्चोककी पूर्व अध्यक्ष सफलता भण्डारीले पुस्तकले आम बालबालिकाको कथा बोकेको बताइन् ।
‘पुस्तकमा केही सीमित जिल्लाहरुका पात्र मात्र भए पनि देशैभरका बालबालिका, बालअभियन्ताको भोगाई एउटै छ’, भण्डारीले भनिन्, ‘यसले बालबालिकासँग सरोकार राख्ने जो कोहीलाई छुन्छ ।’
लेखकले देशका कुनाकाप्चा पुगेर त्यहाँ बालबालिकाले बाँचिरहेको अवस्थाको बारेमा लेखेको भन्दै उनले भनिन्, ‘एउटा कोठाभित्र सीमित रहेर पुस्तक लेखिने गरेकोमा कर्ममा ठाउँठाउँमा पुगेर विषयवस्तु उठाइएको छ ।’
नगर बाल सञ्जाल, दमकका अध्यक्ष प्रजेश खनालले कर्मले बालबालिकाको मनोविज्ञानलाई बुझ्न सघाउने बताए ।
उनले आफूले बालक्लबमा रहँदा भोगेको समस्या सुनाउँदै अन्यत्रका बालक्लबले गरेका बालको बारेमा पनि पढ्न पाउँदा खुशी व्यक्त गरे ।
महोत्सव आयोजक उज्यालो बाल क्लबकी अध्यक्ष टेरिना खनालले बालबालिकाको कुरा सुक्ष्म रुपमा उठाइएको भन्दै बालक्लबका अन्य साथीहरुलाई पनि पढ्न सुझाव दिने बताइन् ।
लेखक न्यौपाने पुस्तकमा बालबालिकाको क्षेत्रमा खोजी गर्दै जाँदा आफूले बुझेको कुरा लेखेको बताए ।
‘बालबालिकाले बालक्लबमा बसेर थालेको अभियानलाई मैले पुस्तकमार्फत साथ दिएको हुँ’, न्यौपाले भने, ‘देशैभरका बालबालिकाले अहिले यो आफूहरुको पुस्तक भएको दावी गर्दै आएका छन् ।’ पत्रकार न्यौपानेको यो दोस्रो कृति हो । उनले शसस्त्र युद्धका विषयलाई समेटेर लेखेको पुस्तक एम्बुसमा ६ वर्ष चर्चित छ ।
सम्बन्धित समाचार पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BE%E0%A4%A6-%E0%A4%95%E0%A4%B0/
http://news-nepal.com/%E0%A4%A7%E0%A5%81%E0%A4%B2%E0%A4%BF%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BE%E0%A4%A6/
http://news-nepal.com/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A3/
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौं जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक,...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
जनताको दुःखको सारथी मनहरीका अध्यक्ष कालाखेती, आफ्नो पारिश्रमिकले बनाईदिए एकल महिलालाई घर
काठमाडौं । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्...