प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक
डडेल्धुरा, २ फागुन । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ ।
डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से१प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा संलग्न रौलेश्वर गाविस–१, बैतडीका मुकेशप्रसाद भट्ट, अमरगढी–५का यज्ञराज पाठक र भारत भुरेखाम घर भई हाल अमरगढी नगरपालिकाको स्याउले बस्दै आएका मुन्ना खानलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका तीनैजनालाई भिन्न–भिन्न ठाउँबाट समातेको र चोरी भएको मोटरसाइकल कैलालीको घोडाघोडी नगरपालिका–४ करैचामा अर्कै व्यक्तिको घरमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । चोरी कार्यमा समातिएका तीनैजनाको अन्य आपराधिक गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उपरीक्षक शाहीले जानकारी गराउनुभयो । रासस
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौं जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक,...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
जनताको दुःखको सारथी मनहरीका अध्यक्ष कालाखेती, आफ्नो पारिश्रमिकले बनाईदिए एकल महिलालाई घर
काठमाडौं । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्...