ताजा समाचार

नयाँ शक्ति र थरुहट तराई लोकतान्त्रिकबीच एकता


काठमाडौं । बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र गंगा चौधरी सत्गौहाले नेतृत्व गरेको थरुहट पार्टी लोकतान्त्रिकबीच पार्टी एकता भएको छ। दुई पार्टीबीच सोमबार एकता भएको हो।

एकीकृत पार्टीको नाम नयाँ शक्ति नेपाल नै रहने भएको छ। पार्टी एकतासँगै अब नयाँ शक्तिको संसदमा प्रतिनिधित्व हुने भएको छ।
चौधरीले नेतृत्व गरको पार्टीमा उनी सांसद हुन्। चौधरी व्यवस्थापिका संसदको बिधायन समितिकी सभापति समेत हुन्।
चौधरीे गोपाल दहितले नेतृत्व गरको थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद थिइन्। केही समयअघि उनले पार्टी विभाजन गरेर नयाँ पार्टी खोलेकी हुन्।
पार्टी एकतासँगै अब नयाँ शक्ति सत्तापक्ष समेत बनेको छ। अहिलेको परिस्थितिमा आफूहरु सत्तापक्ष नै रहने भएपनि पछिको परिस्थिति अनुसार सत्ता पक्ष हुने नहुने निर्णय गर्ने नयाँ पार्टीका प्रवक्ता खिमलाल देबकोटाले बताएका छन्।
नयाँ शक्तिले थारु समुदायका एजेण्डालाई समर्थन गर्ने प्रतिबद्धता जनाएकोले पार्टी एकता गरेको चौधरीले बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org