ताजा समाचार

बारामा यसरी लुटियो ६० लाख

 

काठमाडौं । बाराको रामपुरमा ६० लाख रुपैयाँ लुटिएको छ । जिल्लाको टोकनी–३ स्थित एभरेष्ट ईन्ड्रष्टिज जुफेङ लेदर प्रालिबाट मंगलबार नगद ६० लाख रुपैयाँ र चार थान मोबाईल लुटपाट भएको हो ।  प्रहरीका अनुसार ५/६ जनाको नकाबधारी समुहले प्रालिमा रहेका १ जना सुरक्षा गार्ड र २ जना चिनिया नागरिकलाई छुरा र लाठी देखाई सामान्य कुटपिट गरी नियन्त्रणमा लिएर नगद लुटपाट गरी फरार भएका छन् । लुटेराको खोजीमा प्रहरीले सीमा र जिल्लाका बिभिन्न स्थानमा चेकजाँच कडा बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org