ताजा समाचार

प्रहरी प्रवक्तामा खनाल

काठमाडौँ, ३ फागुन । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहनुभएका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा हुनुभएको थियो ।

यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उहाँको ठाउँमा खनाल आउनुभएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org