पत्रकारको अधिवेशन : चौतारी अगाडि
काठमाडौं ४ फागुन । नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो ।
सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् । त्यस्तै दुई जिल्लामा नेपाली कांग्रेसनिक प्रेस युनियन र एक जिल्लामा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उम्मेदवार नेतृत्वमा आएका छन् ।
प्रेस चौतारीले गुल्मी, बाग्लुङ, म्यादी र लमजुङमा नेतृत्व हात पारेको छ । ती जिल्लाहरुको अध्यक्षमा क्रमशः नवराज भुसाल, दीलश्रीस मगर, तारानाथ शर्मा र आश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै गोरखामा प्रेस युनियनका उम्मेदवार किशोरजंग थापा र पर्वतमा छाविलाल तिवारी अध्यक्ष चुनिएका छन् । रुपन्देहीमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलबाट सेन्टरका ज्ञानेन्द्र जिसी नेतृत्वमा आएका छन् ।
केन्द्रीय पार्षद्हरुमा पनि प्रेस चौतारीकै सदस्यहरुको धेरै आएको बताइएको छ । प्रेस चौतारीका एक पदाधिकारीका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लाहरुबाट चौतारीका ४१ जना केन्द्रीय पार्षद् चुनिएका छन् । त्यस्तै युनियनतर्फका २७ र सेन्टरका १४ केन्द्रीय पार्षद् निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय पार्षदमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिनिकटका ३, राष्ट्रिय जनमोर्चानिकटका ३ र विम्लव नेतृत्वको माओवादीनिकटका १ जना पत्रकारहरु निर्वाचित भएका छन् ।
मंगलबार नै सम्पन्न गर्ने कार्यतालिका रहेको अर्घाखाँची र पाल्पामा भने अधिवेशन स्थागित भएको छ । सर्वसहमतिका लागि भन्दै ती जिल्लामा अधिवेशन स्थागित गरिएको बताइएको छ ।
पत्रकार महासंघमा प्रेस चौतारी र प्रेस सेन्टरले नयाँ सदस्यता वितरण र सदस्यता नविकरणमा एकलौटी गरेको भन्दै प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयसँगै देशका विभिन्न जिल्ला शाखाहरुमा तालाबन्दी गरेको छ ।
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौं जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक,...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
जनताको दुःखको सारथी मनहरीका अध्यक्ष कालाखेती, आफ्नो पारिश्रमिकले बनाईदिए एकल महिलालाई घर
काठमाडौं । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्...