दुई क्याम्पस प्रमुखद्वारा पदभार ग्रहण
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ केन्द्रीय क्याम्पस र विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा क्रमश : ई. विजयकुमार कुमार पण्डित र कृष्णप्रसाद चपाई नियुक्त भएका छन् ।
सोमबार केन्द्रीय क्याम्पसको सभाहलमा संयुक्त रुपमा एक समारोहकाबीच विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्र कुमार मल्लले पदभार गराएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।
पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा बोल्दै रजिष्ट्रार डा.मल्लले विश्वविद्यालयले कार्य दक्षता र विश्वविद्यालयको समग्र शैक्षिक प्राज्ञिक उन्नयनमा निर्वाह गरेको भूमिकाका आधारमा सबै पक्षको सन्तुलन हुने गरी पदाधिकारीहरू नियुक्त गरिएको दाबि गर्दै क्याम्पस प्रमुख द्वयको नियुक्तिले सम्बन्धित क्याम्पसको अध्ययन, अध्यापन र अनुसन्धानका गतिविधि थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी व्यवस्थापन संकायका डीन डा.मस्त बहादुर गरंजाले विश्वविद्यालयको समग्र विकासका लागि सबै पक्षहरु उत्तिकै जिम्मेवारीपुर्वक लाग्नुपर्ने बताउदै क्याम्पस प्रमुखहरूको नियुक्तिले विश्वविद्यालयले थप गरि लिने बताए ।
व्यवस्थापन केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख वीर बहादुर पौडेलको अध्यक्षतामा भएको उक्त पदभार ग्रहण कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक गणेश बहादुर कार्की, प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष रुपेस खत्री, नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष तेज बिक्रम बस्नेत, स्वतन्त्र विद्यार्थी युनियन, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष झक्क शाही लगायतकाले शुभकामना तथा बधाई मन्तव्य राख्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनका लागि पठनपाठन र अनुसन्धानका कामकारबाहीहरू व्यवस्थित रुपमा संचालन गर्न सेवा आयोगको सक्रियताको माग गरे ।
इन्जिनियरिङ केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख ई. विजयकुमार पण्डित यसअघि सोहि क्याम्पसका उपप्राध्यापक तथा कार्यक्रम संयोजक हुन भने विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख र कृष्णप्रसाद चपाई यस अघि सोहि क्याम्पसका उपप्राध्यापक एवम सहायक क्याम्पस प्रमुख पदमा कार्यरत रहेका थिए ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौं जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक,...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
जनताको दुःखको सारथी मनहरीका अध्यक्ष कालाखेती, आफ्नो पारिश्रमिकले बनाईदिए एकल महिलालाई घर
काठमाडौं । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्...
-
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त,डेढ वर्षमा १६ प्रतिशत भौतिक प्रगति
काठमाडौं । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६...