ताजा समाचार

एसटिसीका २५ डिलर फ्याक्ट्री भिजिटमा

काठमाडौं । भेरोकको नेपालका लागि आधिकारीक बिक्रेता श्री एसटिसी प्रा.लिका आफ्ना २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बई प्रस्थान गरेका छन् । प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्येस्यका साथ पुने,अरंगाबाद र मुम्बइमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको श्री एसटिसी प्रा.लि.का प्रबन्ध निर्देशक सुरेस  उप्रेतीले जानकारी दिए ।

वार्षिक १ अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ब्राण्डमात्र बार्षिक १४ करोडको कारोबार गरिरहेको छ । इटाली लगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलो पटक नेपालबाट २५ जना डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो । दुइपाङ्ग्रे तथा ४ पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको छ ।

एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोक लगायत अन्य सबारी साधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ । यस अघि एसटिसीले आफ्ना डिलरलाई युरोप लगायत एशियाका बिभिन्न देशको भ्रमण गराइसकेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org