ताजा समाचार

स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने विद्यार्थी नेताहरुबीच सहमति

काठमाडौं ५ फागुन । स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयले विद्यार्थी नेताहरुलाई बोलायो

इन्द्रेणी फुडल्याण्डमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।

अखिल क्रान्तिकारीका व।र उपाध्यक्ष रञ्जित तामाङले स्ववियु चुनाव पाँच दिन पछि सार्ने सहमति भएकाले अब त्रिभुवन विश्वविद्यालयलाई त्यसबारे जानकारी गराइने बताए ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org