राप्रपा महाधिवेशनको चहलपहल सुरु
काठमाडौँ, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् ।
देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको हो । देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन् ।
धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न भइसकेको र आयोजनाको कार्य सुरु भइरहेको जानकारी दिनुभयो ।
प्रतिनिधिको नाम, छनौट स्थान तथा तह अनुसारको परिचयपत्र बनाउने कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ । पार्टीको विधान, राजनीतिक दस्ताबेज र आर्थिक कार्यपत्र छपाइका कार्य पनि सम्पन्न भइसकेका छन् ।
यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने महाधिवेशनमा आउने प्रतिनिधिलाई आवास तथा भोजनको व्यवस्था पार्टीले मिलाएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, अध्यक्षसहित एकसय ६१ सदस्यीय कार्यसमितिका लागि विधान संशोधन भइसकेको छ । अध्यक्ष पदमा कमल थापाको नाममा सर्वसम्मति जुटेकाले सो पदका लागि चुनाव गर्नु नपर्ने भएको छ । अब केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ ।
यसपटकको एकता महाधिवेशनमा पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने भनिएको भए पनि पछिल्लो समयमा शीर्ष नेतृत्वको प्रयासमा महाधिवेशन हुनुअगावै सर्वसम्मत नेतृत्व चयन गरिएको सहप्रवक्ता राजाराम वर्तौलाले जानकारी दिनुभयो ।
तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते एकीकरण भएपछि तीन महिनाभित्र गर्न लागिएको महाधिवेशनमा काठमाडौँ, ललितपुर र भक्तपुरमा महाधिवेशनको प्रचारप्रसार आजदेखि सुरु गरिएको छ ।
पार्टीले हिन्दू राष्ट्र, राजतन्त्र र स्थानीय स्वायत्त शासनको पक्षमा महाधिवेशन केन्द्रित गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालले हिन्दू राष्ट्र, राजतन्त्र र सङ्घीयतामा जनमत लिएर निर्णय गर्नुपर्ने अडान राख्दै आएकाले पनि अहिले एकीकृत राप्रपालाई सोही मार्गमा हिँडाउने भएको छ ।
माइकिङ, प्रचार सामग्री वितरण तथा काठमाडौँ उपत्यकाका तीन सहरका विभिन्न स्थानमा पार्टीको झन्डा झुन्ड्याउने कार्य प्रारम्भ गरिएको छ । महाधिवेशनका लागि पाँच लाख झन्डा निर्माण गरिएको बताइएको छ । रासस
––––––
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । आज शुक्रबार संसद सचिवालयलाई पत्र पठाएर संसदबाट...
-
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं। राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने सर्वोच्चको तयारी
काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा...
-
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल...
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा...