प्रहरी महानिरीक्षक विवाद : प्रचण्डले यसरी गरे अदालतको प्रयोग
काठमाडौं । नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) नियुक्ति चरम विवादमा तानिएसँगै त्यसका पक्ष र विपक्षमा बहस भइरहेको छ । सरकारले प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेपछि सर्वाेच्च अदालतले तत्काल आइजीपीको जिम्मेवारीमा काम नलगाउन आदेश दिएपछि यो विवाद चर्किएको हो ।
आइजीपी नियुक्ति सरकारको अधिकार क्षेत्रभित्र पर्छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डले चन्दलाई आइजीपी बनाउन चाहेका थिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवावपछि चन्दलाई आइजीपी बनाइएको हो । प्रधानमन्त्री प्रचण्डले आफ्नो इच्छाविपरीत चन्द आइजीपी बनेको भन्दै त्यसलाई बदर गर्न सर्वाेच्च अदालतको प्रयोग गरेको चर्चा बजारमा छ । सर्वाेच्च अदालतकी प्रधानन्यायाधीश सुशिला कार्कीले नै यो मुद्दा हेर्नु र प्रधानमन्त्री प्रचण्डले चन्दलाई आइजीपी बनाउन नचाहनुबीच गहिरो सम्बन्ध रहेको एक कानुन व्यवसायीले बताए ।
स्रोतहरुका अनुसार सर्वाेच्चले चन्दलाई आइजीपी हुनबाट रोकेको खण्डमा कांग्रेस सभापति देउवाकै दवावमा उनी प्रधानमन्त्री वा गृहमन्त्रालयको सुरक्षा सल्लाहकारमा नियुक्त हुनेछन् । नेपाल प्रहरी हेर्नेगरी चन्दलाई आइजीपी भन्दा एक तहमाथि राखेर सल्लाहकार बनाउने चर्चा पनि छ । ‘सर्वाेच्चले चन्दलाई आइजीपी हुनबाट रोकेको खण्डमा सरकारले पुनः चन्दलाई नै आइजीपीमा बढुवा गर्न पनि सक्छ ।’ एक कानुन व्यवसायीले भने ।
चरम राजनीतिक हस्तक्षेपका कारण तहसनहस बन्दै गएको नेपाल प्रहरीका अधिकारीहरु मनोवल गिर्दाे रहेको र त्यसकै कारण काम गर्न समस्या भइरहेको बताउन थालेका छन् । सरकार प्रमुखले नै आफूले गरेको निर्णयविपरीत अदालतको प्रयोग गर्नु उचित नभएको तर्क पनि उठ्न थालेको छ । जे होस् दुई दिनपछि सर्वाेच्चमा आइजीपीको मुद्दाको बस सुरु हुँदैछ । सरकारले गरेको निर्णय नउल्टने संभावना पनि उत्तिकै छ ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...