कुष्ठरोग नियन्त्रणका लागि नयाँ कार्यक्रम आएपछि स्थानीय खुसीले गदगद
विराटनगर, ६ फागुन । कुष्ठरोग निवारणका लागि मोरङमा दुई वर्षदेखि लेप्रोसी पोस्ट एक्सपोसर प्रोपाइलासिस (एलपिइपी) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनको सहयोगमा तीन वर्षका लागि यो कार्यक्रम मोरङका साथै झापा र पर्सा जिल्लामा सञ्चालित छन् । यस कार्यक्रमको माध्यमबाट २०७० सालदेखि कुष्ठरोगका बिरामीसंगै रहेका छिमेकीको (नयाँ कुष्ठरोगी खोजी गरेर)समेत स्वास्थ्य परीक्षण गरी उपचार हुँदै आएको छ ।
यसमा संलग्न टोलीले कुष्ठरोगी र संगैका छिमेकीलाई कार्यक्रमको महत्व र उद्देश्यबारे जानकारी गराउँछन् । त्यसपछि सम्बन्धित व्यक्तिले स्थास्थ्य परीक्षणका लागि स्वीकृति दिए गर्भवती र दुई वर्षसम्मका बालबालिकाबाहेक सबैको स्वास्थ्य परीक्षण गरिन्छ ।
एक उपमहानगरपालिका, आठ नगरपालिका र ५० गाविस भएका मोरङ जिल्लाका ४५ गाविसमा यो कार्यक्रम सम्पन्न भइसकेको छ । सो कार्यक्रममार्फत ४३ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जनाउनुभएको छ ।
कुष्ठरोग दुई प्रकारको हुन्छ । छ महिना औषधि खाने पौंसी बैसिलरी (पिबी) र एक वर्ष औषधि खानुपर्ने मल्टी बेसिलरी (एमबी) । सो कार्यक्रममार्फत पिबीका ३१ जना र एमबीका १२ जनाका साथै दुईजना क्षयरोगीसमेत फेला परेको अधिकृत राजवंशीले बताउनुभयो । प्रत्येक १० हजारभध्ये एक वा सो भन्दा कम कुष्ठरोगीको संख्या घटाउँदै लाने सरकारी लक्ष्य बमोजिम यस जिल्लामा एलपिइपी कार्यक्रम ल्याइएको हो ।
जिल्लामा आव २०७१÷७२मा २१५ जना कुष्ठरोगीमध्ये १४ वर्षमुनिका १९ र महिला ९१ रहेकामा १४५ जना उपचार गराएर निको भएका थिए ।
त्यसैगरी २०७२÷७३मा २०२ जना रोगीमध्ये १४ वर्षमुनिका १८ र महिला ८८ जना रहेकामा १५९ जनाले उपचार गराई निको भएका थिए । सो अवधिमा प्रति १० हजार मानिसमा १ दशमलव ५९ जना सो रोगबाट पीडित पाइएको थियो । चालु आवर्षको चार महिनामा नयाँ ६५ जना गरी १५७ जना बिरामीको उपचार भइरहेको छ ।
सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि उपलब्ध गराएँदै आइरहेको छ । मोरङमा प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्य चौकीसमेत गरी ६९ स्थानबाट निःशुल्क रुपमा औषधि वितरण गरिन्छ । बिरामी निको भइसकेपछि रु एक हजार नगदसमेत उपलब्ध गराइन्छ । यसका साथै खुट्टामा घाउ भएको, सुन्निएका बिरामीको नापअनुसार जुत्तासमेत उपलब्ध गराउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
माइक्रोब्याक्टेरियन लेप्रेको जीवाणुबाट हुने रोगमा बिरामीका शरीरमा लाटो फुस्रो हुनु, नचिलाउनु, हातखुट्टा झमझम गर्नु, कानको लोती बाक्लो हुनु, नशा सुन्निनु, मोटो हुनु र आँखीभौँ झर्नुजस्ता लक्षण देखा पर्छ ।
Comments
अरु समाचार
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...