ताजा समाचार

सरकारी कागजात कीर्ते गरेर भागेका प्रधानाध्यापकलाई प्रहरीले च्याप्पै समायो

बैतडी, ६ फागुन । सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए ।
प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए
उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई आज सदरमुकाम गोठलापानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org