ताजा समाचार

मोरङ पत्रकार महासङ्घको अध्यक्षमा पोखरेल

विराटनगर, ८ फागुन । नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट अध्यक्ष पदमा बन्धु पोखरेल विजयी भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष (महिला)मा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन् । दुवै जनाले समान मत ल्याएका हुन् ।

यस्तै,सचिवमा अर्जुन आचार्य, सहसचिव (समावेशी)मा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित हुनुभएको हो ।

सदस्यमा खुल्लातर्फबाट धु्रव भट्टराई, हरि अधिकारी, कौशल निरौला, सरोज बस्नेत, श्रीमन्त भट्टराई र सुमन घिमिरे विजयी भएका छन् भने आरक्षिततर्फ ज्योति चौहान (महिला) प्रेम देवान (आदिवासी) र नवीन कर्ण (मधेसी) सदस्य पदमा विजयी हुनु भएको छ ।

केन्द्रीय पार्षद्मा अजित तिवारी, विजय खतिवडा, विक्रम लुइँटेल, विक्रम निरौँला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलाबल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल, उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।

यस्तै, महिला आरक्षित पदमा विनु तिम्सिना, ललिता भट्टराई, शान्ति गौतम दाहाल, उमा थापा पोखरेल विजयी हुनुभएको छ ।

एक सय ८३ जना मतदातामध्ये १७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org