ताजा समाचार

कांग्रेस र माओवादी चुनावको मिति घोषणा गर्न सहमत,मधेसी मोर्चा रुष्ट

काठमाडौं ८ फागुन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।

प्रधानन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको कांग्रेस र माओवादीको बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, कति घन्टा र समयभित्र हुन्छ म भन्न सक्दिँन । तर, चुनावको मिति घोषणा हुन्छ ।’

प्रवक्ता पम्फा भुसालका अनुसार मिति घोषणा अघि स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकार गरिनेछ । साथै मधेसी मोर्चासँग छलफल गरेर स्थानीय तहको संख्या बढ्छ भन्ने बचन दिइनेछ ।

लगतै निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने भुसालले जानकारी दिए ।

कुनै हालतमा पनि संविधान शंशोधन गरिनुपर्ने माग राख्दै आएको मधेसी मोर्चा काँग्रेस र माओवादी केन्द्रको चुनाव मिति घोषणा गर्न सहमत भएसँगै मोर्चा रुष्ट भएको छ । मोर्चाले तीन दलले पेलेरै अघि बढे छिट्टै आन्दोलनको घोषणा गर्ने मोर्चाका एक नेताले न्युज-नेपाललाई जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org