ताजा समाचार

प्रधानमन्त्री दाहाल करोडौं खर्चेर पुराण उदघाटन गर्न सिराहा उडे

काठमाडौं ८ फागुन । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रको उद्घाटनमा नजाने प्रतिबद्धता जनाएको थिए । तर, नौ महिने प्यादी सरकारको उपमा पाएका दाहाल नौ महिना सकिनै लाग्दा उपत्यका तथा उपत्यका वाहिरको सार्वजनिक कार्यक्रममा सक्रिय हुन थालेका छन् ।

उनले करोडौं रुपैयाँ राज्यको ढुकुटी दोहन गर्दै हेलीकोप्टर चढेर सिराहामा आयोजि पुराण उद्घाटनको कार्यक्रममा गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड महत्वपूर्ण कामहरुमा भन्दा पनि घुमघाम र उदघाटनमा रमाउन थालेका छन् । शुक्रबार प्रचण्ड हेलिकोप्टर चढेर रोल्पा महोत्सवमा पुगेका थिए ।

चुनावको तयारीका लागि अहोरात्र खटिनुपर्नेमा प्रधानमन्त्रीले राजनीतिक सम्वाद एवं दैनिक कामहरु गर्नुभन्दा पनि जिल्ला महोत्सवदेखि पुराण उदघाटनसम्म समय खर्च गर्ने क्रम अरु बढेको छ ।
सिराहाबाट फर्केर प्रधानमन्त्री प्रचण्ड सोल्टी होटलमा आयोजना गरिएको पूर्वाधारसम्बन्धी अर्को एउटा कार्यक्रमको उदघाटनमा जाँदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org