रुखको मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ
सोलुखुम्बु, ८ फागुन । जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको ।
शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराउनुभयो ।
घाइतेको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि बिरामीका आफन्तले आज ऋण खोजेर रु एक लाख ८० हजारमा हेलिकाप्टर चार्टर गरेको केसीले बताउनुभयो । उहाँको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
सडक यातायातको पहुँच नभएको जिल्लाको कोसीपारीका दुर्गम गाविसका बासिन्दाको स्वास्थ्यमा केही जटिल अवस्था आए बाँच्नका लागि हेलिकप्टर चार्टर नै अन्तिम विकल्प हुने गर्छ । यस्तो अवस्थामा कि मर्नुपर्ने वा घरबारी बेचेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।
Comments
अरु समाचार
-
यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन
काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु। ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात...
-
कोशी प्रदेशमा आजै नयाँ सरकार, हिक्मत कार्की मुख्यमन्त्री बन्ने
काठमाडौं । कोशी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आजै प्रदेश प्रमुख...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
हेटौँडा कला महोत्सव जेठमा
काठमाडौं । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको...
-
सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा...
-
चितवनमा बाघ र गैँडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा...
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।यही वैशाख १४...