ताजा समाचार

एक्कासी प्रधानमन्त्रीले बोलाए मभेसी मोर्चालाई बालुवाटार

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त मधेसी मोर्चा आबद्ध सात राजनीतिक दलका अध्यक्षहरुलाई आइतबार आकस्मिक रुपमा बालुवाटामा बोलाएका छन् ।

बेलुकी ७ बजे मोर्चाका सम्बद्ध पार्टी अध्यक्षहरुलाई मात्रै प्रधानमन्त्रीले छलफलका लागि बोलाएको मोर्चा स्रोतले जनायो । अन्य दिन मोर्चाका दोस्रो तहका नेताहरुसमेत सरकारसँगको वार्तामा जाने गरे पनि आइतबार भने अध्यक्षहरुलाई मात्रै बोलाइएको हो ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बुझेपछि आक्रोसित मधेसी मोर्चाले अहिले अपरान्ह ५ बजे बिजुलीबजारमा बैठक गर्दैछ । त्यो बैठक सकेपछि अध्यक्षहरु बालुवाटार जानेछन् ।

स्थानीय तहको चुनाव मिति घोषणा गर्ने विषयमा हिजो शनिबार प्रधानमन्त्री मोर्चाका नेताबीचको बैठकमा चर्काचर्की भएको थियो ।
सरकारले केहिदिन यता निर्वाचनको मिति घोषणा गर्ने १० दिनयता चर्चा हुँदै आएको थियो । तर, सरकारले घोषणा गर्न सकेन ।

आइतबार बिहान सत्तारुढ कांग्रेस, माओवादी केन्द्रबीचको बैठक पनि अनिर्णित भएको थियो ।

त्यसकारण बेलुकीको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, माओवादी प्रवक्ता पम्फा भुसालले बिहानको बैठक भोलि सोमबार वा पर्सि मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनाव मिति घोषणा गर्ने बताएको थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org