ताजा समाचार

जापान पठाउने नाममा ठगरे भागेका तामाङलाई प्रहरीले च्याप्पै समायो

काठमाडौं । जापान पठाउने भन्दै ठगीमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको सर्स्युखर्क– ७ घर भएका देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
राजधानीको बसुन्धारामा रहेको इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी सञ्चालक तामाङले आकर्षक तलवको सुविधा भएको भन्दै कुक भिषामा जापान पठाउने नाममा १४ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर खोटाङका छपन सरी राईको नामको होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको भन्ने नक्कली कागजात बनाएर ठगी गरेका हुन् । यस्तै उनले धादिङका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, शम्भु प्रसाद लोहनी, काठमाडौंको सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई एग्रीकल्चरल रिसर्च भिषामा आकर्षक तलवमा जापान पठाईदिने उनीहरुसँग १८ लखा ९५ हजार रुपैयाँ लिए । उनीहरुलाई विदेश नपठाई तामाङ फरार थिए ।  ठगिएकाहरुले महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले तामाङको खोजी थालेको थियो । तामाङ बसुन्धाराबाट पक्राउ परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org