ताजा समाचार

हुण्डी कारोबारी भट्टराई र कार्की १० लाखसहित पक्राउ

 

काठमाडौं । अवैध रुपमा हुण्डीको कारोबार गरेको अभियोगमा स्याङजा भिङग्री–८ का २१ बर्षीय राजेन्द्र भट्टराई र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ का २६ बर्षीय विकाश कार्कीलाई हुण्डी कारोबार गर्ने रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा हुण्डीको कारोवार हुने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उक्त स्थानमा हिंडिरहेको अवस्थामा भट्टराईको साथबाट ५ लाख ४३ हजार र कार्कीको साथबाट ४ लाख ६५ हजार हुण्डीको कारोबार गर्ने नगदसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org