ताजा समाचार

युद्धबाट प्रभावित महिलाको न्यायका लागि गम्भीर हुनुपर्ने

 

सुर्खेत । जनयुद्धको बेला द्वन्द्वबाट प्रभावित महिलाहरुलाई न्यायका लागि गम्भीरता अपनाउनुपर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन् ।

जनयुद्धको बेला द्वन्द्वबाट प्रभावित भएका महिलाहरुको अवस्थाबारे सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दुई दिने तालिमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

विश्व परिदृश्य वकालत मञ्चको आयोजनामा आयोजित तालीममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित नं. १३२५ र १८२० को महिला शान्ति सुरक्षाको विषयसम्बन्धी तालिम सञ्चालन भएको हो ।

शान्तिका लागि महिला सशक्तीकरण परियोजनले द्वन्द्वपीडित महिलाहरुको कानुनी परामर्श र मनोपरामर्श कार्यक्रम नेपालको चितवन, मकवानपुर, रुपन्देही, मोरङ, डोटी, सुर्खेत र बर्दिया गरी ७ जिल्लामा सञ्चालन भएको जानकारी दिएको छ ।
तालिमममा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण मिडिया एडभोकेसी गु्रप (म्याग) की अध्यक्ष बबिता बस्नेतले गरेकि छन् । उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित नं. १३२५ र १८२० को बारेमा सहभागीहरुलाई प्रस्टयाएकि छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org